Modern technology gives us many things.

प्रत्येक एक एक भोटको सम्मान गर्नेछु:- साह

कलैया,बारा
असोज ३१ सोमबार
बारा क्षेत्र:-३ का  (क) को पाच दलिय गठबन्धनले आफ्नो चुनावी सभा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको वडा:-१७ को जैतापुरमा चुनावी सभा सम्पन्न गरेकोछ।
कार्यक्रममा एक पल्ट संविधान सभा सदस्य भएको बेला कुनै कार्यकर्ता वा कोहि ठेकदार आम समुदाय एक रुपिया लिएको ठहराइ दिदा आजै राजनीति छोडछु सब जना चुनाव चितछन कमिसन लिन्छन तर मेरो एक रुपिया पहिला पनि लिएकोछैन भोलि पनि लिन भने बारा क्षेत्र :-३ का पाच दलिय गठबन्धन उमेदवार तथा कार्यक्रमका प्रमुख अतिथी लालबाबु सिंह भुमिहारले आफ्नो मन्तव्य राखे भने  राज किशोर साहले जानकारी गराए।
आम समुदायले भन्न सक्नु पर्छ हो हाम्रो नेता हो यहाको स्वास्थ समस्या लिएर कतै जान नपरो यहि क्षेत्रमा उपचार होस यहाको बिद्यार्थी काठमाडौ लगायतको अरु कुनै शहर जान पर्दैन यहि शिक्षा र रोजगार यहि सृजना हुन्छ त्यो शिक्षा स्वास्थ र लगायतको समस्या यहि समाधान होस त्यही समाधानको निम्तो तपाईंको बहुमुल्य मतले मलाइ प्रदेस सभा बनाउदैछ भने भोलि गठबन्धन रहोस या नरहोस तर तपाईको भोटको हिसाब र यो गठबन्धन बाट पाएको एक एक मतको र हर एक मतदाताको कदर पाचै बर्ष गर्नेछु कार्यक्रमका बिशिस्ट अतिथी तथा बारा क्षेत्र:-३ को (क)  का पाच दलिय गठबन्धन उमेदवार मुकेश साहले आफ्नो मन्तव्य भने अवधेश पटेलले जानकारी गराए।
नेपाली काङ्ग्रेस बारा क्षेत्र :-३ का क्षेत्रीय अध्यक्ष श्रीराम चौधरीको अध्यक्षता भएको चुनावी सभा कार्यक्रममा  माओवादी केन्द्र मधेस प्रदेश समानुपातिक उमेदवार सोनालाल साह,नेपाली काङ्ग्रेस बारा उप सभापति  मनोज भट्ट, जितपुर सिमरा वडा:-१६ पुर्ब अध्यक्ष केदार बजगाइ,कलैया उपमहानगरपालिका लोसपा अध्यक्ष जयप्रकाश साह,नेपाली काङ्ग्रेस महाअधिबेशन प्रतिनिधि तेजनारायण साह कलाकार, लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेस समानुपातिक उमेदवार पिकिं यादव, जितपुर सिमरा वडा:-१८ पुर्ब वडा अध्यक्ष नवराज खडका आआफ्नो मन्तव्य राखेको कार्यक्रममा  संदिप यादव,रमोद यादव,इन्द्रदेव यादव,मनिफ मिया राजेश सिंह,योगेन्द्र कुश्वाहा,हरिओम  प्रसाद सोनार, शान्ति तामाङ ,राजेश भन्डारी,जितेन्द्र यादव,लगायतको उपस्थिति रहयो भने कार्यक्रम संचालन भरत भण्डारीले गरेका थिए

Leave A Reply

Your email address will not be published.