Modern technology gives us many things.

सुडानमा जातीय हिंसामा परी १५० काे मृत्यु, सय जना घाइते

अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ ।

सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा ठूलो संख्यामा मानिसहरुकाे मृत्यु भएका हुन । मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध-वृद्धाहरु धेरै रहेको स्थानीय अस्पतालले जनाएको छ । साेही घटनामा करिब १ सय जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

सुडानको राजधानी खार्तुमबाट ५ सय किलोमिटर दक्षिणमा पर्ने उक्त राज्यमा गाउँलेहरुका घरमा आगो लगाइनुका साथै मनाेमानी ढंगले गोली प्रहार गरेर हत्या गरिएको जनाइएको छ । गत साता पनि उक्त क्षेत्रमा करिब २ सय जना मानिसकाे मृत्यु भएकाे थियाे । साथै ३ सय बढी मानिस घाइते भएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

साेही क्षेत्रमा हौसा र बेर्टा समूदायबीच जग्गाको स्वामित्वलाई लिएर बारम्बार झडपहरु हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.