Modern technology gives us many things.

फिलिपिन्सको सेनालाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिन भारत तयार रहेको

दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सको सेनालाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिन आफू तयार रहेको भारतले जनाएको छ ।

फिलिपिन्सका लागि भारतीय राजदूत शम्भु कमारणले फिलिपिन्सका सैनिकलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिन भारत तयार रहेको जनाएका हुन् ।फिलिपिन्सको राष्ट्रिय सुरक्षा विभागका उपसचिव होजे फाउत्सिनोसँगको कुराकानीका क्रममा राजदूत कुमारणले सैनिक प्रशिक्षणसम्बन्धी प्रस्ताव राखेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

जवाफमा फाउत्सिनाले हिन्द प्रशान्त क्षेत्रमा भारत फिलिलिन्सिको महत्वपूर्ण साझेदार रहेको बताएका थिए । उनले उच्चस्तरीय वार्ता, शिक्षा एवम् प्रशिक्षण आदान प्रदान, सूचना साझा, रक्षा एवम् बन्दोबस्ती उद्योगको साझेदारीका विषयमा दुई मुलुकबीच कायम रक्षा साझेदारीलाई निरन्तरता दिइने विश्वास व्यक्त गरेका थिए ।

उनले फिलिपिन्सको राजधानी मनिलामा भारतीय रक्षा दूतलाई स्वागत गर्न समेत आफू उत्सुक रहेको प्रतिक्रिया दिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.