पाकिस्तानी सेना प्रमुखलाई चुनौती : सुरक्षा, सहायता, चुनाव र परम्परागत संस्थाहरुको स्वार्थ
इस्लामावाद । गत हप्ता पाकिस्तानको १७ औं सेना प्रमुख (सीओएएस) मा जनरल असिम मुनीरले औपचारिक पदभार ग्रहण गरे। पाकिस्तानी सेनाको प्रमुखको रूपमा रहेका कमर जावेद बाजवा सेवानिवृत भएपछि १७ औं सेना प्रमुखको रुपमा मुनिरले पदभार ग्रहण गरेका हुन्।