Modern technology gives us many things.

कतारमा मृत्युदण्ड पाएका ८ जना नागरिकलाई फिर्ता ल्याउन भारतले कानुनी लडाइँ लड्नेछ : भाजपा

नयाँ दिल्ली । भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता अजय आलोकले शुक्रबार कतारमा फसेका आठ सेवानिवृत्त नौसेना अधिकारीहरूको मुद्दामा विदेश मन्त्रालयले यस विषयमा काम गरिरहेको बताएका छन्। कतारको एक अदालतले बिहीबार भारतीय नौसेनाका आठ सेवानिवृत्त अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

प्रवक्ता आलोकले भने, ‘भारतले यस विषयमा दुईपटक आफ्नो अडान राखेको छ । यस्तो भएको देख्दा पनि हामी अचम्ममा परेका छौं । यस विषयमा हामी कानुनी लडाइँ लड्नेछौँ । यसका लागि अन्तर्राष्ट्रिय अदालत छ । मलाई लाग्छ भारत सरकारले आफ्नो अडान प्रस्तुत गर्नेछ र उनीहरूलाई त्यहाँबाट सकुशल फिर्ता ल्याउन सफल हुनेछ।’

कतार र भारत सरकारले यी व्यक्तिहरूलाई कुन मुद्दामा यो सजाय दिइएको हो भन्ने अहिलेसम्म बताएको छैन। यस समाचारबारे प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले यो निर्णय सुनेर हामी स्तब्ध भएको र विस्तृत निर्णयको पर्खाइमा रहेको बताएको छ ।

यससँगै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘हामीहरू ती व्यक्तिका परिवार र कानुनी टोलीसँग सम्पर्कमा छौँ र सबै कानुनी विकल्पमा विचार गरिरहेका छौँ ।’ यससँगै परराष्ट्र मन्त्रालयले कतारका अधिकारीसमक्ष पनि यो विषय उठाउने बताएको छ ।

Leave A Reply

Your email address will not be published.