अस्थायी र करार शिक्षकको जागिर यथावत रहने

असोज १० काठमाडौँ : अस्थायी र करार शिक्षकको जागिर यथावत रहने भएको छ। सरकारले असोज ८ गते सार्वजनिक गरेको निर्णयअनुसार अस्थायी तथा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने व्यवस्था ल्याइएको थियो। उक्त निर्णयपछि शिक्षा क्षेत्रमा पनि यसको प्रभाव पर्ने हो कि भन्ने आशंका गरिएको थियो। तर शिक्षा मन्त्रालयका अनुसार उक्त निर्णय शिक्षकलाई लागू नहुने भएको छ। मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक भक्तबहादुर गोदारका अनुसार अस्थायी र करार शिक्षकहरूको पद प्रभावित नहुने र उनीहरूको जागिर पूर्ववत् रूपमा निरन्तर रहनेछ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अनुत्पादक खर्च कटौति र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको प्रेश विज्ञप्तिको बुँदा नं ( ग (५) को संगठन संरचना सुधार अन्तरगतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरवन्दी वाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने। भन्ने उल्लेख भएकोमा कतिपय स्थानीय तह र विद्यालयबाट करार शिक्षकको सन्दर्भमा के हुने भन्ने सोधनी भइरहेकाले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’
यससँगै करार शिक्षकले जागिर जाने हो कि भन्ने अनिश्चितता अन्त्य भएको छ।

Comments (0)
Add Comment