Modern technology gives us many things.

बाराकाे रामटोल चैनपुरमा सडक ढलान कार्यको पूर्वमन्त्री जितेन्द्र सोनलद्वारा शिलान्यास

परवानीपुर । बाराकाे परवानीपुर गाउँपालिका–४ स्थित रामटोल चैनपुरमा आज एक विशेष कार्यक्रमका बीच सडक ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । पूर्व भौतिक पूर्वाधार मन्त्री तथा लोसपाका नेता माननीय जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मधेस प्रदेश सरकारबाट बजेट विनियोजन भई माननीय सोनलको पहलमा शुरु गरिएको यस सडक निर्माण योजनाको शिलान्यास विधिपूर्वक पूजा–आर्चना गरी गरिएको हो ।

कार्यक्रममा लोसपा परवानीपुरका प्रत्यासी जगत नारायण महतो, इकाई अध्यक्ष प्रेम पटेल, वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, वडा सदस्यहरू जगदीश साह कानु, राजदेव पटेल, उदेश पटेल तथा गाउँपालिका बोर्ड सदस्यहरू महन्थ राम, शंकर राम, कन्हैया पटेल, अर्जुन राम, बिनेश राम, आत्माराम साह र ओम प्रकाश साह लगायत दर्जनौं स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थानीयवासीहरूले सडक ढलान कार्य प्रारम्भ हुनुलाई निकै स्वागत गरेका छन् । उनीहरूका अनुसार यस निर्माणले दैनिक आवागमनमा सहजता ल्याउनुका साथै विकासको नयाँ ढोका खोल्ने छ ।

Leave A Reply

Your email address will not be published.