Modern technology gives us many things.

नेकपा एमाले पार्टीको प्रचार प्रसार संयोजक साह प्रहरीको नियन्त्रणमा

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले नेकपा एमाले पार्टीको प्रचार प्रसार संयोजक पुरुषोत्तम कुमार साहलाई नियन्त्रणमा लिएको छ ।

कसैलाई के को धन्दा हाम्रो पुरुषोत्तम साहको विवाह गर्ने नयाँ धन्दा सुन्दा अचम्म लाग्न सक्छ। तर यो सत्य हो।

नेकपा एमाले पार्टीको जिल्ला सचिवालय सदस्य तथा प्रचार प्रसार संयोजक समेत रहेका साहले तेस्रो विवाह समेत गरिसकेका छन् । उनको यो तेस्रो विवाह गर्ने धन्दा रहेकोपछी रहस्य खुलेको छ।

पहिलो विवाह सामाजिक परम्पराले भएको थियो। सो विवाह पनि उनको भङ्ग भइसकेको छ। दोस्रो विवाह उनको अदालती विवाह भएको हो। त्यो पनि उनको असफल भइसकेको छ।

प्रचारप्रसार संयोजक साहले तेस्रो विवाहको रुपमा अदालती विवाह गत पुस २८ गते परिवर्तित नाम (२०८१/२०८२ ) संग गरेका छन्।

२ कठ्ठा जग्गा पनि विवाह भन्दा अगाडि उनले परिवर्तित (२०८१/२०८२) लाई दिएका थिए। चुनाव लडनु छ मलाई पैसाको खाचो छ देउ भनेर जग्गा बैंकमा राखेर कर्जा लिन्छु भनेर झुठो बहानामा अंश भर्पाइ गराई जग्गा पनि आफ्नो नाममा साहले गराई सकेका छन्।

परिवर्तित (२०८१/२०८२)को बुवाको नाममा अदालतबाट निषेधाज्ञा समेत साहले दिएका छन्। घरमा प्रवेश,कब्जा गर्ने कार्य नगर्न भन्दै पीडितले बताउँछिन्।

त्यसपछि पीडित महिलाले न्यायको लागी जिल्ला प्रहरी कार्यालयको महिला सेलमा उनिमाथि निवेदन दिएका थिए ।

सोहि सम्बन्धमा मंगलवार प्रहरी कार्यालयमा छलफल हुँदा साहले आफुसंग केटिलाई राख्न मानेका छैनन्।

प्रहरीले पुरुषोत्तम कुमार साह,विजय कुशवाहा र दिपक राउतलाई नियन्त्रण राखेर अनुसन्धान गर्दै छ ।

साहको पटक पटक विवाह गर्ने तथा अंश भरपाई गराई सम्बन्धविच्छेद पारपाचुके गराउनाले उनले केटीको जीवनसंग खेल्ने नयाँ धन्दाको रुपमा देखिएको छ। साभारः साझेदारी दैनिक

Leave A Reply

Your email address will not be published.