अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहसमेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाएर खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत् झिकी आफ्नो र श्रीमतीको खातामा जम्मा गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका लागि कायस्थलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धान सकिएपछि मात्रै उनीविरुद्ध मुद्दा चलाउने /नचलाउने अख्तियारले निर्णय गर्नेछ।