Modern technology gives us many things.

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आगामी असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलनको उद्देश्य संघीयता अन्तर्गत शिक्षा क्षेत्रका नीति निर्माण, योजना, कार्यान्वयन र समन्वयमा नयाँ परिप्रेक्ष्य तय गर्नु रहेको छ सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले सम्मेलनका उद्देश्य, तयारी र सहभागिता सम्बन्धी जानकारी दिइन् । उनले भनिन्, ‘हामी प्रदेश र स्थानीय तहका यथार्थ, चुनौती र सम्भावनालाई आधार मानेर शिक्षामा सुधारका मार्गहरू खोज्दैछौं ।’

दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, संघीय शिक्षा मन्त्रालयका प्रतिनिधिहरू, संसद्का समिति सदस्यहरू, विश्वविद्यालय तथा अनुसन्धान संस्थाका विज्ञहरू, शिक्षक संघ, विद्यार्थी सङ्गठन, नागरिक समाज, सञ्चारकर्मी तथा विकास साझेदारहरूको सहभागीता रहने छ ।

सम्मेलनमा शिक्षण विधिमा नवप्रवर्तन, शिक्षा नीति र शासन, समावेशी तथा न्यायसंगत शिक्षा, डिजिटल शिक्षाको रूपान्तरण, समुदायको संलग्नता, प्रमाणमा आधारित अनुसन्धान, मधेश प्रदेशका शिक्षा सम्बन्धी चुनौती र अवसर तथा स्रोत परिचालनका विषयमा गहन छलफल हुने मन्त्री शर्माले बताइन् ।

Leave A Reply

Your email address will not be published.