Modern technology gives us many things.

बाराको इटियाहीमा आगलागी हुदाँ २६ लाखभन्दा बढीको क्षति

कलैया, १९ जेठ। बाराको इटियाहीमा आगलागी हुदाँ २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

बाराको विश्रामपुर गाउँपालिका वडा नं ५ इटियाही स्थित पर्साको वीरगन्ज महानगरपालिका वडा नं १५ बस्ने अजय कुमार प्रजापतिले संचालन गरेको बारा डिस्ट्रलरी प्रा. लि. नामक रक्सी फैक्ट्रीमा विद्युत तार सर्ट भई आगलागी हुदाँ २६ लाख ६८ हजार रूपैयाँ बराबरको क्षति भएको हो।

आगलागी पश्चात फैक्ट्रीमा काम गर्ने कामदारहरुले प्रहरी चौकी मुसहर्वालाई जानकारी गराएका थिए भने मुसहर्वा र इलाका प्रहरी कार्यालय प्रसौनी बाट प्रहरी नायब निरिक्षक भाग्य नारायण साहको कमाण्डमा खटिएको प्रहरीको टोली, वीरगन्ज महानगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो।

Leave A Reply

Your email address will not be published.