बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ
कलैया असार १४: बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ परेका छन। परवानिपुर गाँउपालिका-५ बहुअरी स्थित गण्डक नहरको सडक खण्डमा सवारी साधन तथा पैदल यात्री समेतलाई चेकजाँच गर्ने क्रममा हेटौंडाबाट प्रसौनी गण्डक तर्फ आउदै गरेको प्रदेश ०३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई चेक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाट विशेष सुचनाको आधारमा खटिएको संयक्त प्रहरी टोलिले २ सय १२ किलो ९२८ ग्राम लागु औषध गाँजा बरामद गरेको हो।
चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।