Modern technology gives us many things.

पर्सामा ११ महिनामा ३८ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

पर्सामा चालू आर्थिक वर्षको ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गएको अर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्र्याएका वस्तु तथा सामानको बरामद उल्लेखनीय रुपमा बढेको जानकारी दिनुभयो ।

उहाँले गएको आर्थिक वर्ष भरिमा भन्सार छली गरेर भित्रिएका १४ करोड ९९ लाख बराबरका अवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएकोमा चालू आर्थिक वर्षमा भने भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार मूल्य पर्ने अवैध सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.