Modern technology gives us many things.

युवाहरूलाई साथमा लिएर अघि बढ्छु : प्रचण्ड

काठमाडौं असार २१ :   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरू र संगीतले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका हुन्।

प्रचण्डले भूमिगत रूपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको प्रचण्डले स्मरण गरे। उनले आगामी निर्वाचनको लडाइँमा पनि संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.