Modern technology gives us many things.

कर्मचारी सरुवासम्बन्धी गुनासो सुनुवाइ संयन्त्र बन्ने मन्त्री न्यौपानेको निर्देशन

काठमाडौँ :संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापना तथा काज सरुवासम्बन्धी गुनासो सुनुवाइका लागि संयन्त्र निर्माण गर्न निर्देशन दिएकी छन्।

मन्त्रीमा नियुक्ति भएको केही दिनमै उनले मन्त्रालयका सचिव तथा सहसचिवहरूसँग बैठक गरी सरुवासम्बन्धी कार्यलाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउन यसअघि तयार गरिएको मापदण्डलाई समयानुकूल परिमार्जन गर्न सुझाव संकलन गर्न आग्रह गरेकी हुन्।

उनले कर्मचारी ट्रेड युनियन र बिचौलियाको प्रभावले सरुवा प्रणाली अस्तव्यस्त भएको उल्लेख गर्दै सरुवालाई पूर्वानुमानयोग्य बनाउने दिशामा लाग्नुपर्नेमा जोड दिइन्।

मन्त्रीको सचिवालयअन्तर्गत गठन गरिने गुनासो सुनुवाइ संयन्त्रमार्फत देशभरका कर्मचारीले आफ्ना गुनासा राख्न सक्ने व्यवस्था मिलाइनेछ। मापदण्ड परिमार्जनपछि मात्र कर्मचारीहरूको सरुवासम्बन्धी काम अघि बढाइने मन्त्री न्यौपानेको भनाइ छ।

Leave A Reply

Your email address will not be published.