Modern technology gives us many things.

संवादमा आउन ‘जेनजी’लाई नेपाली सेनासहित सुरक्षा निकायको अपिल

काठमाडौं :जेनजी आन्दोलन चर्किँदै गएपछि नेपाली सेना, अन्य सुरक्षा निकायका प्रमुखहरू, मुख्य सचिव र गृहसचिवले संयुक्त रूपमा राजनीतिक संवादमार्फत वर्तमान परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्।

आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीहरूले संघीय संसद भवन, सिंहदरबार, विभिन्न पार्टी कार्यालय तथा शीर्ष नेताहरूका निवासमा आगजनी गरेका छन्। आन्दोलनले राजधानीसहित देशभर वातावरण तनावग्रस्त बनाएको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ। ओलीको राजीनामासँगै सरकार नेतृत्वमा नयाँ विकल्पबारे राजनीतिक दलबीच छलफल सुरु भएको स्रोतले जनाएको छ।

सुरक्षा निकायले हिंसात्मक गतिविधि नियन्त्रणमा संयमता अपनाउन आग्रह गर्दै संवादकै माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.