Modern technology gives us many things.

पूर्वमन्त्री आलमको ‘आइसियू’मा उपचार हुँदै

कात्तिक १५ गते। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ। उहाँ लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा हुनुहुन्थ्यो।

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उहाँले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। रासस

Leave A Reply

Your email address will not be published.