Modern technology gives us many things.

आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम सम्पन्न

फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन कार्यक्रमका कार्यक्रम अध्यक्ष फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारी, प्रमुख अथिति प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले गरेका थिए ।

माघ २४ गतेदेखि २६ गतेसम्म आयोजित तालिममा प्रशिक्षकका रूपमा कृषि प्रसार अधिकृत राजबंशी प्रसाद चौरसिया र कृषि अधिकृत राम बहादुर कुशवाहाले सहजीकरण गर्नुभएको थियो ।
तालिमका बारेमा बोल्दै प्रशिक्षार्थि कृषक सबिला खातुन र महमजान मियाले तालिम धेरै प्रभावकारी भएको र अब व्यवहारमा लागु गरेमात्र अर्गानिक उत्पादन र माटोको जैविक शक्ति बचाउन सकिने बताए । तालिमको अबधिमा धेरै प्राबिधिक कुरा सिक्न पाएको भन्दै आवको बेमौसमी खेतीका लागि पनि कृषक जागरुक भएको बताए ।

तालिम समापन कार्यक्रममा बोल्नु हुदै कृषकलाई आधुनिक र व्यवसायिक खेती प्रणाली तर्फ आकर्षित गरेर समृद्ध पालिका बनाउनका लागि बेमौसमी तरकारी  खेती सम्बन्धि  तालिम सञ्चालन गरिएको र तालिमले कृषकको उत्पादन रुचिमा अझै आत्मविश्वास बढाएको र प्राबिधिक ज्ञान अझै बढेकोले कृषिको व्यवसायिक सफलता र आत्मनिर्भरमा अघि बढ्न गाउँपालिका उप-प्रमुख निलम साहले  आग्रह गरेका थिईन ।

कार्यक्रममा यस गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको प्राबिधिक टिमले उत्पादन गरेको ट्राइकोडर्माको मल्टिपलाई गर्ने गरि प्रयोगात्मक सीप सिकाइ नमूनाको रुपमा ट्राइकोडर्मा तालिममा सहभागी भएका कृषकहरुलाई वितरण गरियो ।

गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखा प्रमुख संजय कुशवाहाले आवश्यकता अनुसारको तरकारी खेतीको लागि कृषकरुलाइ माटोको नमुना कलेक्स्न कसरी गर्ने, बेमौसमी नर्सरी कसरी निर्माण र ब्यवस्थापन गर्ने र प्राङ्गारिक मल र जीवाणुमल बनाउने तरिका, बोटबिरुवा लाई चाहिने पोशक तत्व र कमिका लक्षण बारे कृषकहरुलाई जानकारी गराउनु भयो ।

त्यस्तै कार्यक्रम अध्यक्ष अंसारीले उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउनु जरुरत रहेको बताए । उनले यस तालिमबाट व्यवसायिक क्षमता अभिवृद्धि भई सहभागीको आम्दानीमा सुधार हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका उप-प्रमुख निलम साह, अतिथी लेखा शाखा प्रमुख भोला प्रसाद यादव, इन्जिनियर जाकिर हुसेन अंसारी, प्रशिक्षक कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत राजवंशी प्रसाद चौरसिया र परवानीपुर गाउँपालिकाका कृषि अधिकृत रामबहादुर कुशवाहा, समाजसेवी मनोज साह कलवार लगायत ३० जना कृषकहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.