Modern technology gives us many things.

बाख्राको मासुमा खसीको अण्डकोष लगाई बेच्ने तीन पसलका संचालक प्रहरीको नियन्त्रणमा

होली पर्वमा बाख्राको मासुमा खसीको अण्डकोष लगाई बेच्ने तीन पसलका सञ्चालकलाई प्रहरीले जितपुर सिमराको चोकबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा गएको टोलिले सञ्चालकहरुलाई नियन्त्रणमा लिएको हो। अनुगमन गर्ने क्रममा तिन मासु पसलका संचालकलाई नियन्त्रणमा लिईएको हो ।

सो अनुगमनको क्रममा मुस्कान मासु पसल,प्रवेज मासु पसल र शेख अयुब सिमरा मिट हाउसमा बाख्राको मासुमा खसीको अण्डकोष लगाएर बेच्ने क्रममा नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।

होलीको अवसरमा धेरै मासु पसलेहरुले ठगी गर्न सक्छन् सचेत भई मासु किन्न उनले आग्रह गरे।

Leave A Reply

Your email address will not be published.