Modern technology gives us many things.

सवारी नियम उल्लङ्घन गर्ने ८२ सवारी साधन कारवाहीमा

बारा : होली पर्व मनाउने क्रममा बारामा शुक्रबार सवारी नियम उल्लङ्घन गर्ने ८२ वटा सवारी साधन कारवाहीमा परेका छन्।

होली पर्व मर्यादित र शान्तपूर्व रूपले मनाउनको लागि जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ्गको नेतुत्वमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारवाही गरेको हो ।

यसैगरी सामान्य वादविवाद भई नियन्त्रणमा लिईएका ६ जना व्यक्तिहरूलाई सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

होली पर्व उल्लासमय र मर्यादित रुपमा मनाउनको लागि सुरक्षा व्यवस्थापन लगायत कार्यमा सहयोग पु¥याउने जनप्रतिनिधिहरू एंवम बारा जिल्लावासीहरूमा जिल्ला प्रहरी कार्यालय बारा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.