Modern technology gives us many things.

ब्राउन सुगर ल्याउदै गर्दा चार भारतीय सहित स्कारपियो प्रहरी नियन्त्रणमा

वीरगन्ज । नेपाल प्रहरीले लागु औषध ब्राउन सुगर सहत भारत विहार राज्य जि।पूर्वी चम्पारण थाना रक्सौल वडा नं.१३ बस्ने ३८ वर्षिय सुधिर कुमार, ४८ वर्षिय अमित कुमार, रक्सौल सिसवा वडा नं.१ का २७ वर्षिय गाडी चालक राजा कुमारलाई पक्राउ गरेको छ ।

उनहरुको साथबाट २२० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी बिशोर लम्सालले बताएका छन । उनीहरु कालो रंगको स्कारपियो गाडी चढेर नेपाल प्रवेश गरेका थिए ।

प्रहरीले बिशेष सूचना पाएको थियो त्यही सूचनाको आधारमा गाडी चेकजाँच हुदा ब्राउन सुगर बरामद भएको हो । प्रहरीले बुधबार साँझ वीरगन्ज.१६, रजतजयन्ती चोक नजिक नियमित प्रहरी पोष्टमा गाडी चेकजाँच गरेको थियो ।

पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.