Modern technology gives us many things.

हजका लागि ११ सय ७१ नेपाली साउदी जाने

साउदी : मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन्। नेपालबाट पनि सन् २०२५ को हजका लागि ११ सय ७१ जना जाने भएका छन् ।

पहिलो चरणको लागि आउँदो जेठ ३ गतेका दिन ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया जाने भएका छन्। सन २०२५ को लागि १२ सयभन्दा बढी कोटा तोकिएता पनि ११ उडान मार्फत जम्मा ११ सय ७१ जना नेपाली हजयात्रु मक्का मदिनाको लागि जान लागेका हुन्।

पहिलो समूहका हजयात्रीहरूलाई स्वागत र सहजीकरण गर्नका लागि नेपाली राजदुत डा नरेश विक्रम ढकाल, वाणिज्य दूत सिर्जना अधिकारी , दूतावास परिवार लगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थित रहने भएको छ ।

हजका लागि साउदीमा नेपाल लगायत विभिन्न मुलुकबाट २८ लाखभन्दा बढी मुस्लिम धर्मावलम्बीहरू साउदी स्थित मक्का मदिना जाने गरेका छन्। यस पटक साउदी सरकारले हज समय अवधिमा अनुमतिपत्र बिना हज गर्ने प्रयास गर्ने जो कोहीलाई पनि एक लाख रियालसम्म जरिवाना गरिनुको साथै गृह देश निकाला सहित १० वर्षको लागि प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.