Modern technology gives us many things.

कृषि मन्त्रीलाई आफ्नै मातहतको अनुसन्धान परिषद्‌मा कति वैज्ञानिक छन् थाहा छैन

काठमाडौँ । मन्त्रीहरूलाई आफ्नो मातहतका निकायमा कति कर्मचारी छन् भन्ने कुरासमेत जानकारी नहुनु आश्चर्यजनक छ। विशेष गरी, सम्बन्धित क्षेत्रको विज्ञता त परै जाओस्, नेपाल कृषि अनुसन्धान परिषद्‌जस्तो महत्त्वपूर्ण संस्थामा कार्यरत वैज्ञानिकहरूको सङ्ख्याबारे समेत कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी अनभिज्ञ देखिएका छन्।

प्रतिनिधि सभाको सोमबार बिहान ११:०० बजेको बैठकमा सांसद प्रेम सुवालले नेपालमा कृषि वैज्ञानिकहरूको सङ्ख्या र उनीहरूलाई विदेश पठाइएको विषयमा प्रश्न उठाएका थिए। सांसद सुवालको प्रश्न थियो, “नेपालमा कृषि वैज्ञानिकहरूको सङ्ख्या कति छ ? सरकारले कृषि वैज्ञानिकहरूलाई नेपालमा सेवा गर्न नदिई विदेश पठाइरहेको भन्ने कुरा सार्वजनिक भएको छ, यो सत्य हो कि होइन ?”

Leave A Reply

Your email address will not be published.