काठमाडौं । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा फरार रहेका कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।
जिल्ला अदालत रुपन्देहीले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता चौधरी फरार थिए ।मङ्गलबार उनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।चौधरीमाथि पालिकाकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ ।