दक्षिण कोरियाले निकाल्यो तीन नेपाली
काठमाडौं : दक्षिण कोरियाले तीन जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले तीन जना नेपालीलाई निष्कासन गरेको हो।
त्यहाँको कानुन विपरीत गतिविधि गरेको पाइएपछि त्यहाँको अध्यागमनले नेपालीहरूलाई निष्कासन गर्ने गरेको दक्षिण कोरियाका एक नेपालीले बताए। यसअघि जेठको पहिलो साता दक्षिण कोरिया सरकारले एकैपटक १० जना नेपालीलाई निष्कासन गरिएको थियो।