Modern technology gives us many things.

बाराको फेटा गाउँपालिकामा कृषक समूह गठन

बाराको फेटा गाउँपालिका वडा नं. ३ टोल फेटामा युवा नेता तथा समाजसेवी राजकिशोर कुमार साहको अध्यक्षतामा १७ सदस्यीय श्री नाथ बाबा महिला कृषक समूह गठन भएको छ।
उक्त कार्यक्रममा युवा नेता तथा समाजसेवी साहले कृषक समूह गठन भन्नाले कृषिमा संलग्न किसानहरूको समूह बनाई संयुक्त रूपमा खेतीपाती, उत्पादन, तालिम, विपणन, र सरकारी/गैरसरकारी सेवा तथा अनुदान लिनका लागि बनाइने संगठित समूहलाई जनाइन्छ। गाउँमा कृषिमा संलग्न 10–25 जना किसानहरूबीच आपसी सहमति समान उद्देश्य (जस्तै: तरकारी खेती, दुग्ध उत्पादन, च्याउ खेती आदि) भएका किसानहरू एक ठाउँमा भेला गर्ने सम्बन्धि आफ्ना भनाई राखेका थिए ।
सो समितिमा अध्यक्ष कलावती देवी चमईन, उपाध्यक्ष उर्मिला देवी कानु, कोषाध्यक्ष श्रीमती देवी, सचिव मिरा देवी राम, सह-सचिव फुल कुमारी देवी कानु लगायत १७ सदस्यीय कमिटी चयन भएको छ।

Leave A Reply

Your email address will not be published.