पुणेमा सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको बैठक
काठमाडौं : सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक असार ९–१० गते भारतको पुणेमा सम्पन्न भएको छ ।
सन् २००३ मा स्थापित आईएनबिसिजिएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो ।