Modern technology gives us many things.

एनआरएनए मलेसियाको नवौं महाधिवेशन जुलाई २७ मा हुँदै, समाजसेवी राजन हायु राइले युवा संयोजक पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन यही जुलाई २७ तारिखमा हुने तय भएको छ। आगामी २०२५/२०२७ कार्यकालका लागि नेतृत्व चयन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको बेला, एनआरएनए मलेसिया राष्ट्रिय समन्वय परिषद (एनसिसी) अन्तर्गतको युवा संयोजक पदका लागि समाजसेवी युवा राजन हायु राइले उम्मेदवारी घोषणा गरेका छन्।

राजन राइले विगत एक दशकभन्दा लामो समयदेखि मलेसियामा रहेर नेपाली श्रमिक समुदायको सुख–दुखमा साथ दिँदै आएका छन्। श्रमिकको हकहितका लागि निरन्तर सक्रिय रहँदै आएका राजन हायु राइले विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

उमेदवारी घोषणा गर्दै हायु राइले भने, “समयको मागअनुसार युवा पुस्ताले नेतृत्व लिनुपर्ने आवश्यकता छ। म यही सोचका साथ युवा संयोजक पदमा अघि बढ्न चाहन्छु।” उनले एनआरएनएलाई युवामैत्री, समावेशी र प्रभावकारी संस्थाको रूपमा अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताए।

राजन हायु राइको उम्मेदवारीलाई मलेसियामा रहेका नेपाली युवावर्गबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। सामाजिक सेवामा अग्रसर हायु राइको उम्मेदवारीले एनआरएनए मलेसियामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.