Modern technology gives us many things.

राजनराज सिवाकोटी मलेसियामा, विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिने

क्वालालम्पुर, मलेसिया । प्रख्यात नेपाली संगीतकार तथा गायक राजनराज सिवाकोटी मलेसिया आइपुगेका छन्। गैरआवासीय नेपाली संघ (NRNA) मलेसिया शाखाको आयोजनामा आइतबार हुने विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन उहाँ शनिबार बिहान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

विमानस्थलमा सिवाकोटीलाई गैरआवासीय नेपाली संघका पदाधिकारीहरू, नेपाली समाजका अगुवा तथा संगीतप्रेमीहरूले भव्य स्वागत गरेका थिए।

क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा गायक सिवाकोटीले “सुपारीदान”, “सिन्दुर”, “शिरफुल”, “फुलबुट्टे सारी” जस्ता आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमको उद्देश्य मलेसियामा कार्यरत तथा बसोबास गर्दै आएका नेपालीहरूबीच आपसी सद्भाव र सांस्कृतिक एकता प्रवर्द्धन गर्नु रहेको आयोजक समितिले जनाएको छ।

गैरआवासीय नेपाली संघ मलेसिया शाखाले नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

Leave A Reply

Your email address will not be published.