Modern technology gives us many things.

श्री नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र मा.वि., डुमरियामा विज्ञान प्रयोगशाला उद्घाटन सम्पन्न

बलरा, सर्लाही : बलरा नगरपालिका–७ डुमरियास्थित श्री नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन समारोह शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

सो समारोह बलरा नगरपालिकाका नगरप्रमुख तथा शिक्षा प्रेमी अगुवा श्री रामाशंकर प्रसाद कुशवाहाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। नगरप्रमुख कुशवाहाले विधिवत् रूपमा रिबन काटी प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकगण, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटनपछि मन्तव्य दिंदै नगरप्रमुख कुशवाहाले विद्यालयमा विज्ञान शिक्षालाई व्यवहारिक, अनुसन्धानमुखी तथा विद्यार्थीमैत्री बनाउन प्रयोगशालाको स्थापना एक महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यस्ता पूर्वाधार विस्तारमा थप लगानी गरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापकले कार्यक्रमप्रति आभार व्यक्त गर्दै विज्ञान शिक्षा सुदृढ बनाउन प्रयोगशालाको उपयोग अधिकतम गर्ने बताए।

उक्त विज्ञान प्रयोगशालाको निर्माणले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विज्ञानको प्रयोगात्मक ज्ञानमा अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.