Modern technology gives us many things.

NRNA मलेसियाको नवौं अधिवेशनमा राष्ट्रिय कलाकारहरूको धमाकेदार प्रस्तुति सहित विशेष साँगीतिक साँझ”

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको नवौं अधिवेशन २०२५ साल साउन ११ गते, आइतबार  (जुलाई २७) मा क्वालालम्पुरस्थित Hotel Grand Continental मा भव्य रूपमा सम्पन्न हुने भएको छ। कार्यक्रम बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

अधिवेशनलाई विशेष बनाउँदै कार्यक्रममा चर्चित राष्ट्रिय गायक राजनराज सिवाकोटी को विशेष सांगितिक प्रस्तुति रहनेछ। सिवाकोटीका “सुनको अँगूठी”, “सिमसिमे पानी”, “घामपानी” लगायतका लोकप्रिय गीतहरूले कार्यक्रममा उपस्थित दर्शकलाई झुमाउने विश्वास लिइएको छ।

त्यसैगरी, स्थानीय तथा राष्ट्रिय स्तरमा सक्रिय कलाकारहरूको आकर्षक प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण हुने छ। मोडल तथा डान्सर डेबिड घिमिरे, डान्सर बर्षा राई, अभय बरबिस्वकर्मा, सन्जु सभा देवान, सपना तामाङ, चार्ली घिसिङ, सम्झना कुवर र एलिजा तामाङ लगायतका कलाकारहरूले सांस्कृतिक कार्यक्रमलाई जीवन्त बनाउनेछन्।

अधिवेशनको अवसरमा नेपाली कला, संस्कृति र एकता प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमले मलेसियामा रहेका नेपालीहरूबीच सहकार्य, सहभाव र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

संघको नवौं अधिवेशनमार्फत मलेसियास्थित नेपाली समुदायको हितमा आगामी कार्यदिशा तय गरिनेछ भने नयाँ नेतृत्व चयन प्रक्रिया पनि यही अधिवेशनमार्फत अघि बढाइनेछ।

Leave A Reply

Your email address will not be published.