Modern technology gives us many things.

रेबिज र सर्पदंश उपचारका औषधी आपूर्ति, सबै प्रदेशमा वितरण सुरु

काठमाडौं, १३ साउन : रेबिज र सर्पदंश उपचारका लागि आवश्यक खोप तथा औषधीहरू प्रदेशभर आपूर्ति सुरु भएको छ। औषधी अभावबारे समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तदारुकता देखाउँदै आवश्यक औषधी प्रदेश आपूर्ति केन्द्रहरूमा पठाएको हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार यसअघि नै खरिद भइसकेका औषधीहरू हाल आपूर्ति केन्द्रहरूमा पुगिसकेका छन्। ती औषधीहरू प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा वितरण गरिनेछ।

रेबिज तथा सर्पदंश उपचारमा औषधी अभाव भएको सूचना आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई तुरुन्त आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए। मन्त्री पौडेलले अभाव नदोहोऱिने गरी आपूर्ति गति बढाउन र दीर्घकालीन समाधान सुनिश्चित गर्न पनि निर्देशन दिएका थिए।

विभागका अनुसार हालसम्म रेबिजविरुद्ध प्रयोग हुने ५१ हजार १ सय ८० भायल खोप प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ। तीमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप र एक हजार भायल सर्पदंशविरुद्धको भेनम आपूर्ति गरिएको छ।

सर्पदंश समस्या अधिक देखिने मधेस प्रदेशमा भने दुई हजार पाँच सय भायल भेनम र करिब पाँच हजार भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

अन्य प्रदेशहरूमा पनि मागको आधारमा खोप तथा भेनमको आपूर्ति गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागले औषधी अभाव हुन नदिन नियमित अनुगमन र आपूर्ति प्रणालीलाई थप चुस्त बनाउने तयारी गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.