Modern technology gives us many things.

पवित्रा कुमारी पोख्रेल राष्ट्रिय खाद्य बैंकको सञ्चालक सदस्यमा मनोनीत

राष्ट्रिय खाद्य बैंकको सञ्चालक सदस्य पदमा श्री पवित्रा कुमारी पोख्रेल मनोनीत हुनुभएको छ। पोख्रेललाई उक्त जिम्मेवारी दिइएकोमा बैंकले उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।

राष्ट्रिय खाद्य बैंकले विज्ञप्ति जारी गर्दै पोख्रेलको अनुभव, समर्पण र नेतृत्व क्षमताले संस्थाको नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सञ्चालक सदस्यका रूपमा उहाँको मनोनयनले खाद्य सुरक्षाको क्षेत्रमा थप सुधार र प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.