Modern technology gives us many things.

बलात्कार आरोपमा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा

काढमाण्डाैं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भन्ने राजेश झालाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले आज उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो।

एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै झाविरुद्ध मुद्दा दायर गरेकी थिइन्। झामाथि प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको ९ दिनमै सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

पीडित महिलाले दिएको उजुरीअनुसार, २०८१ साल जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेका थिए। सोही उजुरीका आधारमा प्रहरीले अहिराजलाई साउन ४ गते पक्राउ गरेको थियो।

Leave A Reply

Your email address will not be published.