Modern technology gives us many things.

सुक्खाग्रस्त किसानलाई राहतस्वरूप मालपोत राजस्वमा शतप्रतिशत छुट

 सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिक राहत दिन महोत्तरीको मनराशिसवा नगरपालिकाले मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ।

नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षमा पानीको चरम अभावका कारण किसानले खेतमा धान रोप्न नसकेको तथा खाद्यान्न उत्पादन नहुँदा उनीहरू आर्थिक संकटमा परेको जनाउँदै राहतस्वरूप मालपोत राजस्वमा पूर्ण छुट दिने निर्णय लिएको जानकारी दिएको हो।

यस्तै, सर्लाही जिल्लाका धनकौल गाउँपालिका र गोडैता नगरपालिकाले पनि सुक्खाग्रस्त किसानको अवस्था गम्भीर भएको जनाउँदै चालु आर्थिक वर्षमा मालपोतमा लाग्ने सम्पूर्ण राजस्व मिनाहा गर्ने घोषणा गरेका छन्।

स्थानीय सरकारको यस्तो निर्णयले बाली नबिक्ने र ऋणमा परेका किसानलाई केही राहत मिल्ने आशा गरिएको छ। कृषि क्षेत्रको संरक्षण तथा किसानको जिविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको सरोकारवालाहरूले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.