Modern technology gives us many things.

बोस्टनमा ‘उज्यालो नेपाल अभियान’ विषयक अन्तरक्रिया: निराशाबाट आशातर्फको मार्गमा गहिरो बहस

  बोस्टन (अमेरिका)  हार्वर्ड र एमआईटी विश्वविद्यालयमा कार्यरत इन्जिनियर, अनुसन्धानकर्ता, वैज्ञानिक तथा नीति विशेषज्ञहरूसँग आज एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी विज्ञहरूसँग देशमा व्याप्त निराशालाई कसरी आशामा बदल्ने र दीर्घकालीन आमूल परिवर्तन कसरी सम्भव छ भन्ने विषयमा गहिरो बहस तथा सुझावमूलक छलफल गरिएको थियो।

अन्तरक्रियामा प्रविधि, शिक्षा, स्वास्थ्य, नीति निर्माण, कृषि, ऊर्जा र नवप्रवर्तनका क्षेत्रमा योगदान दिन सकिने सम्भाव्यता र त्यसको कार्यान्वयन रणनीतिमा केन्द्रित प्रस्तुतीहरू प्रस्तुत गरिए।

कार्यक्रममा सहभागीहरूले ‘उज्यालो नेपाल अभियान’लाई साझा दृष्टिकोणका साथ अघि बढाउने सहमति जनाउँदै, नेपालप्रति आफूहरूको ज्ञान, सीप र अनुभव प्रयोग गर्न प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका संयोजकले सहभागी सबैप्रति आभार व्यक्त गर्दै, “उहाहरूको अमूल्य सुझाव र उत्साहप्रद सहभागिताले हामीलाई आशावादी बनाएको छ,” भनेका छन्।

कार्यक्रम उज्यालो नेपाल अभियानअन्तर्गत विश्वभर रहेका नेपाली विज्ञ र अभियन्ताहरूबीच सहकार्य सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो।

Leave A Reply

Your email address will not be published.