बाराको बिश्रामपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत
बाराको बिश्रामपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुनिल केशरीले आजदेखि पदभार ग्रहण गरेका छन्। गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (उर्फ जुबैयर भाई) ले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
यसअघि बिश्रामपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको फेटा गाउँपालिका, बारा सरुवा भएकाले उनलाई बिश्रामपुर गाउँपालिकाले सम्मानपूर्वक बिदाइ गरेको छ।
स्वागत तथा बिदाइ कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष भुट्टोले विकास निर्माण, सेवा प्रवाह र पारदर्शी प्रशासनिक प्रणालीलाई निरन्तरता दिन नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।
