Modern technology gives us many things.

निर्वाचन आयोग तोकिएकै मितिमा चुनाव गराउन तयार : प्रमुख आयुक्त भण्डारी

काठमाडौं :निर्वाचन आयोगले तोकिएकै मितिमा प्रतिनिधि सभा निर्वाचन गराउन पूर्ण तयार रहेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार बिहान नेपालखबरसँगको कुराकानीमा आयोगले निर्वाचनका लागि आवश्यक तयारी तत्काल सुरु गर्ने स्पष्ट गरेका हुन्।

‘हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ प्रमुख आयुक्त भण्डारीले भने, ‘मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला। हाम्रो तर्फबाट आजैदेखि तयारीमा लाग्छौँ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै उनको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते निर्वाचन मिति तोकिसकेका छन्। कार्कीलाई ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने जिम्मेवारीसहित शुक्रबार प्रधानमन्त्री नियुक्त गरिएको हो।

यसैबीच, आज मन्त्रिपरिषद् विस्तारबारे गृहकार्य तीव्र रुपमा भइरहेको स्रोतले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.