Modern technology gives us many things.

बानेश्वर प्रहरीमा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध जाहेरी दर्ता

काठमाडौं, २८ भदौ : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ। जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपसहित कांग्रेस सांसद तथा पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले जाहेरी दिएका हुन्।

शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दर्ता गराएका हुन्। जाहेरीमा गोली चलाउने आदेश ओलीले नै दिएको दाबी गरिएको छ।

उक्त घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख जाहेरीमा छ। मृत्यु भएका मध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतका नाम समावेश छन्।

जाहेरीमार्फत ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। साथै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का समेत प्रमाणका रूपमा पेस गर्नुपर्ने माग गरिएको छ।

सिडिओ दिलकुमार तामाङले उक्त जाहेरीलाई सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।

 

Leave A Reply

Your email address will not be published.