Modern technology gives us many things.

बाल दिवसकाे अवसरमा ज्ञान मन्दिर एकेडेमीको विद्यार्थीहरु दोरा वृक्षारोपण कार्यक्रम सम्पन्न

६१ औँ बाल दिवसको अवसरमा ज्ञान मन्दिर एकेडेमी फेटा गाउँपालिका वार्ड न.७टाेल गम्हरियाका कक्षा सातका विद्यार्थीहरूले विद्यालय परिसर र नहरको बाटाेमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रजातिका बिरुवा रोपी वातावरण संरक्षणको सन्देश दिएका छन्।

 

कार्यक्रमका बारेमा जानकारी दिँदै विद्यालयका प्रिन्सिपल अभय तिवारीले बाल दिवस केवल रमाइलो वा शैक्षिक जनचेतनामूलक कार्यक्रममै सीमित नराखी वातावरण संरक्षणसँग पनि जोडिनुपर्ने आवश्यकता रहेको बताए। उनले विद्यार्थीलाई वातावरणप्रति सचेत गराउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको उल्लेख गरे।

 

यसैबीच विद्यालय प्रशासनले वृक्षारोपण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै वातावरणमैत्री विद्यालय निर्माणमा ध्यान केन्द्रित गर्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.