Modern technology gives us many things.

चालक अनुमतिपत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौँ : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (ईडीएल) र सवारीसाधन दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएको कारण प्रणाली सञ्चालनमा समस्या आएको जनाएको छ। उक्त घटनापछि सर्भर मर्मत कार्य जारी रहेको बताउँदै विभागले अर्को सूचना नआउन्जेलसम्मका लागि सेवाहरू उपलब्ध नहुने स्पष्ट पारेको छ।

सर्भर पूर्णरूपमा मर्मत भई प्रणाली पुनः सुचारु भएपछि मात्र चालक अनुमतिपत्र र सवारी दर्तासम्बन्धी काम पुनः सञ्चालनमा आउने विभागले जनाएको छ। विभागले यस अवधिमा सेवा लिन आउने सेवाग्राहीलाई असुविधाका लागि क्षमायाचना समेत गरेको छ।

Leave A Reply

Your email address will not be published.