Modern technology gives us many things.

करेन्ट लागेर युवकको मृत्यु

सप्तरी- सप्तरीको सप्तकोशी नगरपालिका–१ का २८ वर्षीय दिपेश परियारको बिहीबार करेन्ट लागेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार परियारले घरमा जडान गरिएको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै कञ्चनपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ।

Leave A Reply

Your email address will not be published.