Modern technology gives us many things.

आदर्श कोतवाल गाउँपालिकामा युवाहरूको तालाबन्दी

बारा। बाराको आदर्श कोतवाल गाउँपालिकामा युवाहरूको समूहले गाउँपालिका कार्यालय तालाबन्दी गरेका छन्। उनीहरूले सडक बत्ती जडान गर्नुपर्ने माग राख्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

युवाहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि असोज २६ र २७ गतेसम्म पनि गाउँपालिका कार्यालयमा पुगेर आफ्नो माग राख्दा गाउँपालिका नेतृत्व सकारात्मक प्रतिक्रिया नदेखाएको कारण तालाबन्दी गरिएको हो। विज्ञप्तिमा उनीहरूले वडा अध्यक्षहरूले ‘तानाशाही प्रवृत्ति’ देखाएको आरोप समेत लगाएका छन्।

युवाहरूले चेतावनी दिएका छन् कि गाउँपालिका अध्यक्ष र जिम्मेवार पदाधिकारीहरूले छलफल गरेर सडक बत्ती जडानको समस्या समाधान नगरेसम्म तालाबन्दी जारी रहनेछ।

Leave A Reply

Your email address will not be published.