Modern technology gives us many things.

फेटा गाउँपालिकामा हैजा विरुद्ध खोप अभियान आज देखी सुरु

बारा, फेटा : हैजा रोग नियन्त्रणका लागि फेटा गाउँपालिकामा आजदेखि व्यापक खोप अभियान सुरु गरिएको छ। स्थानीय स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै संचालित यस अभियानअन्तर्गत हालसम्म करिब ४५०० जना स्थानीयवासीलाई खोप प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख राममनोहर साहले जानकारी दिए।

स्वास्थ्य सेवा केन्द्र फेटाका स्वास्थ्यकर्मी रामदिनेश साहका अनुसार विभिन्न उमेर समूहका व्यक्तिहरूलाई हैजा विरुद्धको खोप उपलब्ध गराइएको छ। उनका अनुसार खोप कार्यक्रम निरन्तर जारी रहनेछ र अझ बढी व्यक्तिलाई समेट्ने लक्ष्य राखिएको छ।

वार्ड नं. ३ का अध्यक्ष पहलाद साहले खोप अभियानमा सक्रिय सहभागिता जनाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै अरूले पनि खोप लिन नबिर्सन आग्रह गरे। उनले हैजा जस्तो महामारीबाट बच्न स्वच्छता र सचेतनाको महत्त्व औंल्याउँदै समुदायको सामूहिक स्वास्थ्य सुरक्षामा सबै जिम्मेवार बन्नुपर्ने बताए।

 

“हैजा रोगबाट बचौं र बचाऔँ” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानलाई स्थानीय तहमा सकारात्मक रूपमा लिइएको छ। स्वास्थ्यकर्मीहरूले देखाएको सक्रियता र जनताको बढ्दो सहभागिताले समुदायमा स्वास्थ्यप्रति चेतना विस्तार हुँदै गएको संकेत गरेको छ।

Leave A Reply

Your email address will not be published.