Modern technology gives us many things.

मानवता प्रतीक पत्रकार शेषनाथ सहनीले रगतदान गर्दै बचाए मिरा देवीको जीवन

बारा जिल्लाका चर्चित पत्रकार शेषनाथ कुमार सहनीले मानव सेवा र मानवीय समर्पणको अद्वितीय उदाहरण प्रस्तुत गर्दै कलैया उपमहानगरपालिका–१५ की मिरा देवीको जीवन बचाउने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

बहुहरीस्थित एल.एस. न्युरो एण्ड हस्पिटलमा उपचाररत मिरा देवीलाई अत्यावश्यक रगत अभाव भएपछि परिवार अत्यन्तै चिन्तित थिए। यस्तो गम्भीर अवस्थामा पत्रकार सहनीले जानकारी प्राप्त गरिसकेपछि ढिलाइ नगरी अस्पताल पुगेर स्वेच्छिक रूपमा रगतदान गरे। उनको यस सहयोगले उपचारमा आएको संकट मात्र हटेन, एक जीवनलाई नयाँ आशा पनि प्रदान भयो।

रगतदान पश्चात् पत्रकार सहनीले भने, “पत्रकारिता केवल कलमको सीमामा मात्र सीमित हुँदैन, समाज र मानवतालाई सहारा दिने दायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।”

मिरा देवीका परिवारजनले सहनीको यस मानवतापूर्ण योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यहरूले समाजमा “रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई व्यवहारिक रूपमा पुष्टि गरेको बताए।

स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले समेत पत्रकार सहनीको कार्यलाई प्रेरणादायी र अनुकरणीय बताउँदै समाजसेवामा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको टिप्पणी गरेका छन्।

Leave A Reply

Your email address will not be published.