ओलीको विशेष प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकियो
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ । पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै राजधानीको जावलाखेलमा बैठक सम्पन्न भएको हो ।
असोज २९ पहिलो दिन आफ्नो विशेष प्रस्ताव पेस गर्दै ओलीले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । यसैबिच नेकपा ओलीको प्रस्तावमाथि उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमाथि असहमति जनाउँदै शाक्य र ज्ञवालीले फागुन २१ गतेको चुनावमा केन्द्रित भएर पार्टी अगाडि बढ्नुपर्ने धारणा राखे ।