Modern technology gives us many things.

बाराको आदर्श कोतवाल गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष हराएको भनिँदै युवाहरूको प्रदर्शन

 कार्तिक १ बारा : आदर्श कोतवाल गाउँपालिकाका युवाहरूले शनिबार पुनः विरोध प्रदर्शन गरेका छन्। “गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हराएको सूचना” लेखिएको ब्यानरसहित वडानं–४ स्थित हरनैया चौकमा उनीहरूले प्रदर्शन गरेका हुन्।

पाचौं दिनदेखि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सम्पर्कविहीन रहेको भन्दै युवाहरू आक्रोशित बनेका छन्। प्रदर्शनकारीहरूले “अध्यक्ष–उपाध्यक्ष कहाँ छन्?”, “जनप्रतिनिधि बेपत्ता, जवाफ देऊ!” जस्ता नाराबाजी गर्दै जिम्मेवार पदाधिकारीको खोजी तथा सार्वजनिक प्रतिवेदनको माग गरेका थिए।

सम्पर्कहीन जनप्रतिनिधिहरूको अवस्थाबारे न त गाउँपालिका कार्यालयले स्पष्ट सूचना दिएको छ, न त सम्बन्धित निकायले चासो देखाएको भन्दै युवाहरूले असन्तुष्टि जनाए। उनीहरूले यदि तत्काल जानकारी नदिइए थप कडा आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन्।

स्थानीयवासीहरूले जनताको सेवामा खटिनुपर्ने जनप्रतिनिधि हराउँदा जिम्मेवार निकाय मौन बस्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। प्रदर्शन शान्तिपूर्ण तर दृढ चेतावनीसहित सम्पन्न भएको आयोजक युवा प्रदिप कुश्वाहाले बताएका छन्।

 

 

Leave A Reply

Your email address will not be published.