जिल्लावासीको मुटुमा घण्टाघरको विधिवत् उद्घाटन, नगरको सौन्दर्य र आकर्षणमा थपियो नयाँ आयाम
रौतहट ।
जिल्लाको धरोहरको रुपमा चिनिने सदरमुकाम गौरमा नवनिर्मित घण्टाघरको विधिवत् उद्घाटन गरिएको छ। ऐतिहासिक एवं पर्यटकीय महत्त्व बोकेको यो संरचनाको निर्माण कार्य सम्पन्न भएसँगै नगरको सौन्दर्यीकरणमा महत्त्वपूर्ण फड्को लागेको हो ।