Modern technology gives us many things.

पूर्वमन्त्री ऋषिकेश गौतमको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

बारा, १२ कार्तिक :नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री स्वर्गीय ऋषिकेश गौतमको निधनको १३औं दिनको पुण्यतिथिको अवसरमा आज बाराको कलैयास्थित बीपी स्मृति भवनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति, बाराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरू, जनप्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले अध्यक्षता गरेका थिए।

कार्यक्रममा उप–सभापति मनोज भट्ट, अमिरीलाल पाल, पूर्वमन्त्री कलावती पासवान, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादव, नेपाल ट्रेड युनियन बारा अध्यक्ष विश्वमणी शर्मा, क्षेत्र नं. ३ का सभापति प्रभात चौरसिया, क्षेत्र नं. ४ का सभापति सुनिल गुप्ता, क्षेत्र ‘ख’ का सभापति लोकेश सिंह, पत्रकार भोजराज भट्टराई, कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता, बाराका सभापति दिपेन्द्र पटेललगायतका नेता–कार्यकर्ताहरू सहभागी रहेका थिए।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बाराका जिल्ला कार्य समिति सदस्य रवि करण साहले गरेका थिए।
श्रद्धाञ्जली सभाका वक्ताहरूले स्वर्गीय गौतमको राजनीतिक जीवन, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान तथा सामाजिक र वैचारिक भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनको स्मृति सधैं प्रेरणादायी रहने बताएका थिए।

Leave A Reply

Your email address will not be published.