Modern technology gives us many things.

मधेश सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री जाने

जनकपुरधाम, २१ कार्तिक — मधेश सरकारमा नेकपा (माओवादी केन्द्र) पनि सहभागी हुने भएको छ। पार्टीले दुई मन्त्रालय लिएर सरकारमा प्रवेश गर्ने निर्णय गरेको हो।

शुक्रबार काठमाण्डूमा बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साह र सांसद फकिरा महतो लाई मन्त्री बनाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

भरत साह महोत्तरी क्षेत्र नं. १ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने फकिरा महतो सर्लाही क्षेत्र नं. ४ ‘ख’ बाट प्रतिनिधित्व गर्छन्। उनीहरूले विश्वास को मत लागतै शपथग्रहण गर्ने तयारी गरिएको विश्वसनीय स्रोतले बताएका छन्।

स्रोतका अनुसार, माओवादी केन्द्रले सरकारमा सहभागी हुने क्रममा ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालय पाउने भएको छ। मन्त्रालयहरूको आधिकारिक घोषणा भने शपथ पश्चात हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.